Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीलाई बाबुरामको चुनौति

प्रधानमन्त्री ओलीलाई बाबुरामको चुनौति

- Advertisement -spot_img

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बौं  अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि भट्टराईले यस्तो चुनौती दिएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काउँदै भट्टराईले भनेका छन्, ‘भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ?’ उनले अगाडि भनेका छन्, ‘ कुराले हैन काम गरेर देखाउनोस् ! नत्र ढाँटको कुरा खाई पत्याउनु !

प्रधानमन्त्री ओलीले ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने  अभिब्यक्तिको आजै खण्डन गरेका थिए।

बाबुरामले आरोप लगाएको भिडिओ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु