Information is intelligence
HomeInternationalमथुरा अदालतले श्रीकृष्ण जन्मभूमिसँग जोडीएको इद्गाह मस्जिद हटाउने मुद्दा स्वीकार्यो

मथुरा अदालतले श्रीकृष्ण जन्मभूमिसँग जोडीएको इद्गाह मस्जिद हटाउने मुद्दा स्वीकार्यो

- Advertisement -spot_img

भारत, मथुरा | भारतको अयोध्यामा श्रीराम जन्मभूमिमा कानुनी प्रकृयामा राम्रो साथ मिले पछी यो सिलसिलाले भारतमा अहिले चौतर्फी रूपमा यस्तै खाल्का मुद्दाहरुले प्रोत्साहन पाएका छन्।

यही सिल सिलामा अहिले मथुरामा भने यस अघि रद्द गरिएको श्रीकृष्ण जन्मभूमि सम्बन्धी मुद्दाले माहोल तताएको छ। यस अघी यो मुद्दा सिभिल जज कोर्टले रद्द गरे पछी वादीले यो मुद्दा जिल्ला अदालत लगेपछी त्यहाँ भने स्विकार भएको हो ।

आज मथुरा अदालतमा भएको स्विकारोक्ती पछी यो मुद्दाले अब कानुनी मार्गमा अघि बढ्ने मान्यता पाएको छ ।

यससंगै ‘श्रीकृष्ण जन्मभूमि’सँग जोडीएको इद्गाह मस्जिदलाई हटाउने सम्बन्धी गरिएको यो मागको अर्को सुनुवाइ १८ अक्टुबरमा हुनेछ। वादीको अपील अनुसार १३.३७ एकड़ जमीनमाथि दावा गर्दै सो जमिन प्रती मालिकाना हक माग गरिएको छ।

मुद्दामा प्रतिवादी तर्फको अपिल सुनुवाईको लागि पनि मार्ग खुला गरिने भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु