Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज ठुला क्लब बिच प्रतिस्पर्धा

प्रिमियर लिगमा आज ठुला क्लब बिच प्रतिस्पर्धा

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) चार खेल हुँदैछ ।

प्रिमियर लिगमा शनिबार साविक विजेता लिभरपुल, एभर्टन, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

साविक विजेता लिभरपुलले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र एभर्टनबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । अपराजित टिम एभर्टनविरुद्ध मैदान उत्रदा लिभरपुल चौंथो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम एभर्टनलाई हराउँन लिभरपुललाई कठिन हुनेछ ।

लिभरपुल ४ खेलमा ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । एभर्टन ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

सिटी ३ खेलमा ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ । आर्सनल ४ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । चेल्सी र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

सातौं स्थानको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । ४ खेलमा ६ अंक जोडेको साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।

१६ औं स्थानको युनाईटेडले ४ खेलमा ३ अंक जोडेको छ । न्युकासल ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु