Information is intelligence
HomeSportsला लिगा फुटबलमा आज ४ खेल, रियल र बार्साको नि आजै

ला लिगा फुटबलमा आज ४ खेल, रियल र बार्साको नि आजै

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ ।

ला लिगामा शनिबार साविक विजेता रियल मड्रिड, बार्सिलोना, सेभिया, एट्लेटिको मड्रिड लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

रियल मड्रिडले घरेलु मैदानमा क्याडिजको सामना गर्नेछ । रियल र क्याडिजबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा रियल चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । रियलले ४ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ ।

रियल तालिकाको शीर्ष स्थानमा रहेको छ । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थान कायम राख्न चाहन्छ ।

पाँच खेलमा २ जितसहित ७ अंक जोडेको क्याडिज सातौं स्थानमा रहेको छ । रियललाई हराएर क्याडिज अंक तालिका सुधार गर्न चाहन्छ ।

यस्तै बार्सिलोनाले आफ्नो चौंथो गेटाफेसँग खेल्नेछ । बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र गेटाफेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । बार्सिलोना गेटाफेलाई हराएर तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँचौ स्थानको बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।

गेटाफे ४ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग उसैको मैदानमा खेल्नेछ । एट्लेटिको दोस्रो जितको खोजीमा हुनेछ ।

अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु