Information is intelligence
HomeNewsजोरबिजोर उल्लंघन गर्ने १३२ सवारीसाधनलाई कारवाही

जोरबिजोर उल्लंघन गर्ने १३२ सवारीसाधनलाई कारवाही

- Advertisement -spot_img

काठमाडौं उपत्यकाबाट जोरबिजोरको नियम उल्लंघन गर्ने १३२ सवारीसाधनलाई आज बिहान कारवाही गरिएको छ।

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनमा ११० वटा २ पाङग्रे र २२ वटा चार पाङग्रे छन्।

कोरोना भाइरस संक्रमण तीव्ररूपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरबिजोर लागू गरिएको छ।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन अनुरोध गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु