Information is intelligence
HomeInternationalभारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

भारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

- Advertisement -spot_img

२ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार ३३ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७४ लाख ९४ हजार ५५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६१ हजार ८७१ नयाँ संक्रमित भेटिएका हुन् ।

अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ८१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ ।

अमेरिकामा अहिलेसम्म दुई लाख १९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु