Information is intelligence
HomeLife Styleऔंला पड्काउने बानी छ ? अनि यसो गर्नु खतरनाक हो कि होइन...

औंला पड्काउने बानी छ ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?

- Advertisement -spot_img

औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?

एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।

वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।

यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन् । एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु