Information is intelligence
HomeSportsआईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

- Advertisement -spot_img

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।  कोलकाता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दूरी घटाउन चाहन्छ ।

तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ । हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । पञ्जाब अन्तिमा छ भने मुम्बई दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु