Information is intelligence
HomeNewsदशैं मनाउन घर फर्केकाको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दशैं मनाउन घर फर्केकाको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

- Advertisement -spot_img

उदयपुरको कटारीमा गए राति यात्रु सवार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

शनिबार राति एक बजेतिर बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मी सडकखण्डमा पर्ने भदौरे भीरमा जीप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा तीन जना घाइते भएका छन्।

दशैं मनाउन भैरहवाबाट गाडी रिजर्भ गरेर ओखलढुंगा फर्किंदै गरेका यात्रु सवार जीप दुर्घटनामा परेको हो।

तीन जना घाइतेको विराटनगरमा उपचार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु