Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०७-०२ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०७-०२ | Head News | Durbar Times

- Advertisement -spot_img

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

पछिल्लो २४ घण्टामा २ हजार ९४२मा कोरोना पुष्टि, उपत्यकामा १६९८

पछिल्लो २४ घण्टामा नेपालमा  २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।

ड्युटी गएका प्रहरीको हत्या, एकजना बेपत्ता

धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएका आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् ।

‘जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्छ’- भीम रावल

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गर्दै कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था हुनुपर्ने बताएका छन् ।उनले भत्ता बापतको रकम खातामा राखिएको थाहा पाएको उल्लेख गर्दै आफुले पाएको रकम कट्टा गर्न मन्जुरी जनाएका छन् ।

पूर्वमन्त्री डा यादवको निधन

पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् ।सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।

आईपीएलमा आज दुई खेल

आईपीएलमा आज  बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु