Information is intelligence
HomeSportsआईपीएलमा २ खेलमा ३ सुपर ओभर

आईपीएलमा २ खेलमा ३ सुपर ओभर

- Advertisement -spot_img

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ भने साविक विजेता मुम्बई इन्डियन्सलाई पन्जाबले पराजित गरेको छ ।

आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई  कोलकत्ताले र पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेका हुन् ।

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित रहदै ४८ रन बनाए ।

जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्राएका थिए ।

कोलकत्तासँगको खेलसँगै वार्नरले आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । वार्नर ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी हुन् ।

वार्नर आईपीएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडी समेत हुन् । वार्नर भन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा रहेका छन् ।

यस्तै हैदराबादका लागि जोनी बेयरस्टोले ३६ रन बनाउँदा केन विलियम्सनले २९ रन बनाए । अब्दुल समादले २३ रन जोडे ।

कोलकत्ताका लक्की फर्गुसनले ३ विकेट लिए । पाट कुमिन्स, शिवम माभी र भरुण चक्रवर्तीले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन जोड्दा कप्तान इयान मोर्गनले ३४ रन बनाए । यस्तै नितिश रानाले २९ रन बनाउदा राहुल त्रिपाठीले २३ रन जोडे । दिनेश कार्तिक २९ रनमा अविजित रहे ।हैदराबादका टी नटराजनले २ विकेट लिए । बिजय शंकर, बसिल थाम्पी र राशिद खानले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा रहेको छ । हैदराबादको यो छैटौं हार हो । हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २/२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पन्जाबको यो तेस्रो जित हो । पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु