Information is intelligence
HomeEducationदलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

- Advertisement -spot_img

हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु। एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए ।

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामाग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि  दलित घरधुरीलाई सहयोग गरिएको छ ।

सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमि, उवा, जौ, गहुँ लगायतका अन्नवालीलाई  कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा पुगेको छ । यसको निर्माण सामग्री र स्टेशनरीका सामाग्री सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु