Information is intelligence
HomeUncategorizedसैँतीस करोड मूल्य बराबरको मल बिक्री

सैँतीस करोड मूल्य बराबरको मल बिक्री

- Advertisement -spot_img

वीरगञ्ज | सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

सो कार्यालयले पर्सा जिल्लामा रहेका  १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल  वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शीता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेकाले धान खेतीमा पर्न गएको बताएका छन् ।
पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे  विस्तृत जानकारी नभएको गुनासो गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु