Information is intelligence
HomeHealthदेशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने

देशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने

- Advertisement -spot_img

काठमाण्डाै – देशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ । यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास हुन लागेको हो ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।

अस्पताल निर्माणका लागि ६ सय ४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । ७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ । अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

गएको भदौमा नै सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको थियो । तर आवश्यक डाक्टर र  स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको आइतबारको बैठकले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको पनि अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु