Information is intelligence
HomeNewsबस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

- Advertisement -spot_img

प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका–३  की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएला छन् भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए । बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु