Information is intelligence
HomeSportsबार्सिलोनालाई हंगेरियन क्लबको चुनौती, रोनाल्डोबिनाको मैदानमा उत्रदै युभेन्ट्स

बार्सिलोनालाई हंगेरियन क्लबको चुनौती, रोनाल्डोबिनाको मैदानमा उत्रदै युभेन्ट्स

- Advertisement -spot_img

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) स्पेनिस क्लब बार्सिलोना र हंगेरियन क्लब एफटिसीबीच प्रतिस्पर्धा हुँदैछ ।

क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा एफटिसीसँग खेल्नेछ । समूह ‘जी’ मा रहेको बार्सिलोना र एफटिसीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, एफटिसीविरुद्ध जित निकाल्न बार्सिलोनालाई सहज भने हुने छैन ।

बार्सिलोनाका लागि हंगेरियन क्लब नौलो प्रतिद्वन्दी समेत हो । त्यसैले पहिलो खेल बार्सिलोनाका लागि सहज हुने छैन । यस्तै बार्सिलोना यस सिजन लयमा देखिएको छैन । बार्सिलोनाले ला लिगामा समेत उच्च प्रदर्शन गर्न सकेको छैन । गत साता मात्रै बार्सिलोना गेटाफेसँग पराजित भएको थियो ।

तर, मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले घरेलु मैदानमा टिमले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरेका छन् । च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि कोम्यानको डेब्यु समेत हो । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने बार्सिलोनालाई अन्सु फाती, एन्टोनियो ग्रिजम्यान लगायतका खेलाडीको साथ रहनेछ ।

यसै समूहमा इटालियन क्लब युभेन्ट्स समेत रहेको छ । क्रिस्टियानो रोनाल्डो रहेको युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग खेल्ने छ । समूह ‘जी’ मा रहेको युभेन्ट्स र किभबीचको खेल नेपाली समय अनुसार १०:४० बजे सुरु हुनेछ ।

यस्तै युभेन्ट्स स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रने छन् ।

कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा बसेका छन् । जसको कारण रोनाल्डोले किभविरुद्धको खेल गुमाउने भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु