Information is intelligence
HomeNewsप्रहरी हत्या उपडेट : वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला

प्रहरी हत्या उपडेट : वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला

- Advertisement -spot_img

वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । सीमामा हुने तस्करी रोक्न खटिएका प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउँद दुवैजनाको निर्मम हत्या भएको छ ।

दुवै जनाको धारीलो हतियार प्रयोग गरि घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा भेटिएको बताए ।

उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।

अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् ।

गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्।

उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु