Information is intelligence
HomeShare Bazarसेयर बजारमा दोहोरो अंकको चमक, सबै समूहमा हरियाली

सेयर बजारमा दोहोरो अंकको चमक, सबै समूहमा हरियाली

- Advertisement -spot_img

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका हुन् । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।

दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु