Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा युनाईटेड र युभेन्ट्सको जित, बार्सिलोनाको शानदार सुरुवात

च्याम्पियन्स लिगमा युनाईटेड र युभेन्ट्सको जित, बार्सिलोनाको शानदार सुरुवात

- Advertisement -spot_img

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, युभेन्ट्स र युनाईटेड शानदार सुरुवात गरेको छ ।

मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो । समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ ।

मार्कुस रासफोर्ड पुन एक पटक चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

मंगलबार भएको समूह एचको खेलमा युनाईटेडले पीएसजीलाई २–१ ले हराएको हो । समूह एको युनाईटेडले पहिलो खेलमै ३ अंक बटुलेको छ । गत सिजन फाईनल खेलेको पीएसजी पहिलो खेलमै अंक विहिन बनेको छ ।

यस्तै मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।

किभको मैदानमा अल्भारो मोराटा चम्किएपछि युभेन्ट्सले सुखद सुरुवात गरेको हो । घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु