Information is intelligence
HomePoliticsविप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ संक्रमितको निशुल्क उपचारको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकार संक्रमितको उपचारबाट पन्छिएर अमानवीय क्रियाकलापमा लागेको भन्दै नेकपाले आन्दोलन गर्ने निर्णय गरेको हो।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुऱ्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो, ‘ विज्ञप्तिमा भनिएको छ ।

‘सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संक्रमित मध्य उपचार खर्च  आफै तिर्न नसक्नेको मात्रै राज्यले उपचार गर्ने निर्णय गरेको थियो। यो निर्णयको चौतर्फि विरोध भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु