Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा आज विभिन्न ८ ठुला क्लबको खेल : सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज विभिन्न ८ ठुला क्लबको खेल : सम्पूर्ण जानकारी

- Advertisement -spot_img

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलको दोस्रो दिन आज (बुधबार) रातिदेखि विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बुधबार राति गतवर्षको विजेता बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनि क्लब एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दा च्याम्पियनस लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ ।

यस्तै इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मोन्चेनग्लावाक, म्यानचेस्टर सिटीले एफसी पोर्टाे तथा डच क्लब आयाक्सले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

आज हुने खेल

समूह ‘ए’

साल्जवर्गविरुद्ध लाकोमोटिभ (राति १०ः४० बजे) – सोनी सिक्स

बायर्न म्युनिखविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे) – सोनी सिक्स

समूह ‘बी’

रियल म्याड्रिडविरुद्ध साख्तर डोनेक्स (राति १०ः४० बजे) – सोनी टेन २

इन्टर मिलानविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति १२ः४५ बजे) – सोनी टेन ३

समूह ‘सी’

म्यानचेस्टर सिटीविरुद्ध एफसी पोर्टाे (राति १२ः४५ बजे) – सोनी टेन १

ओलम्पियाकोसविरुद्ध मार्से (राति १२ः४५ बजे)

समूह ‘डी’

आयाक्सविरुद्ध लिभरपुल (राति १२ः४५ बजे) – सोनी टेन २

मिट्जिल्यान्डविरुद्ध एटलान्टा (राति १२ः४५ बजे)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु