Information is intelligence
HomeEntertainment & Artsकंगनाको ‘मणिकर्णिका’ परेन सरकारले प्रदान गर्ने अवार्डको सूचीमा

कंगनाको ‘मणिकर्णिका’ परेन सरकारले प्रदान गर्ने अवार्डको सूचीमा

- Advertisement -spot_img

एजेन्सी । भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतीय पेनोरमा नियमावली २०१९ अन्तर्गत रहेर जुरी सदस्यहरुले सिफारिस गरेका चलचित्र/व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णयसहित चलचित्रको नाम सार्वजनिक गरेको छ ।

सम्मानित हुने नामहरुमध्ये रणवीर सिंह अभिनीत जोया अख्तरको ‘गली बोय’, विकास बहल निर्देशित ऋत्विक रोशन अभिनीत ‘सुपर ३०’, विक्की कौशल अभिनीत तथा आदित्य धर निर्देशित ‘उरी-द सर्जिकल स्ट्राइक’, मल्टिस्टारर चलचित्र ‘बधाइ हो’ र प्रकाश झाको ‘परीक्षा’ पनि सम्मानित हुने सूचीमा समेटिएका छन्

तर यी सूचीमा कंगना रनौट अभिनीत तथा निर्देशित ‘मणिकर्णिका : द क्‍विन अफ झाँसी’ भने देखिएन । ब्रिटिस शासनप्रति प्रतिरोधको अग्रणी व्यक्तित्व रानी लक्ष्मी बाईको कथा बोल्ने देशप्रेमको भावमा आधारित यो चलचित्र भने उक्त सूचीमा पर्न असफल भएको छ ।

त्यस्तै मराठी चलचित्रमा ‘आनन्दी गोपाल’, तुज्य ऐला, भौंगालगायत तमिल, बंगाली, मलयालम, पानीय चलचित्रहरु पनि पुरस्कृत हुनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु