Information is intelligence
HomeEducationकक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा मंसिर ९ देखि [रुटिनसहित]

- Advertisement -spot_img

काठमाडौं | कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ।

गत वैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

परिक्षा सेन्टर बारे

यसपटकको परीक्षामा सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने व्यवस्थासहित मंसिर ९ बाट परीक्षा तालिका सार्वजनिक गरिएको बोर्डका प्रमुख चन्द्रमणि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ।

‘परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको पौडेलले बताए। केही समय अघि ४/५ हजार विद्यार्थी पढिरहेको विद्यालयभन्दा टाढा थिए,’ पौडेलले भने, ‘संख्या केही घट्न पनि सक्छ, उनीहरुलाई नजिकको विद्यालयमा परीक्षा दिन सक्ने व्यवस्था गरेका छौं।’

यस्तै, बोर्डले इलेक्ट्रोनिक्स प्रवेश पत्र भए पनि साथमा हुनुपर्ने जनाएको छ।

प्रश्न पत्र कस्तो हुन्छ ?
समयसीमा र परीक्षा मोडालीटी परिवर्तन गरेको बोर्डले प्रश्नपत्रको स्वरुप उस्तै हुने तर छोटा उत्तर दिनुपर्ने खालको हुने जनाएको  बोर्डले बताएको छ। ‘प्रश्नपत्र पुरानै पाराले आउँछ,’ बोर्ड अध्यक्ष पौडेलले भने, ‘उत्तर छोटो दिनुपर्ने प्रकारको हुनेछ।

कक्षा १२ को परीक्षा छठलगत्तै
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टुफेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्नकार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कार्यविधिअनुसार प्रत्य…
- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु