Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिड चुक्यो

च्याम्पियन्स लिगमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिड चुक्यो

- Advertisement -spot_img

च्याम्पियन्स लिग फुटबलमा ठुला क्लबले जित हात पार्दा रियल मड्रिडले हार बेहोरेको छ ।

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले एटलेटिको मड्रिडमाथि सहज जित दर्ता गरेको छ ।

च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा बायर्नले एट्लेटिकोलाई ४–० ले हराएको हो । समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहको पहिलो खेलमा जित निकाल्दै साविक विजेता बायर्नले ३ अंक जोडेको छ । एट्लेटिको अंक विहिन छ । साल्जबर्ग र मस्कोले १–१ अंक जोडेका छन् ।

यता लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ । बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै एटलान्टा र लिभरपुलले समान ३ अंक जोडे । अजाक्स र मिडजिलेनड भने अंक विहिन रहे ।

त्सतै म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो । च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन् । पार्टो र मार्से अंक विहिन छन् ।

इन्टर मिलान  समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति इन्टरले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।

इन्टर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

१ अंक जोडेको मुन्छेनग्लाडबाख दोस्रो स्थानमा रहेको छ ।

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

जितसँगै समूह ‘बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु