Information is intelligence
HomeEducationसिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

- Advertisement -spot_img

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने भएको छ ।

सिटीईभिटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जनाएको छ ।

कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ ।

परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने २२ कार्तिकमा सञ्चालन गर्ने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु