Information is intelligence
HomeNewsगोदावरीले नि:शुल्क स्वाब परीक्षण गर्ने

गोदावरीले नि:शुल्क स्वाब परीक्षण गर्ने

- Advertisement -spot_img

ललितपुर- गोदावरी नगरपालिकाले नि:शुल्क स्वाब परीक्षण गर्ने भएको छ। गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको नि:शुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ।

कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। उनले भने, “हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ। वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्यौं।”

यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको दुई लाख ५० हजार रूपैयाँ तिरेर कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ। नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो।  अहिले पनि त्यहाँ छ जना कोरोना सङ्क्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी गराए।

उनका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ। घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना सङ्क्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु