Information is intelligence
HomeEconomyयुनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

काठमाडौं  : आज बिहीबार (कात्तिक ६ गते) युनाइटेड इदीमर्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

पहिलो चरण

कम्पनीले असोज ७ गतेदेखि कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गरेको हो ।

दोस्रो चरण

दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर जारी हुनेछ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

कहाँबाट आवेदन दिने

युनाइटेड इदीमर्दीको आइपीओमा एनएमबि बैंक तथा प्राइम बैंकबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु