Information is intelligence
HomeNews२४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित, उपत्यकामा...

२४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित, उपत्यकामा १५ सय ५२

- Advertisement -spot_img

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस्मा काठमाण्डुमा १२८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना रहेका छन् ।

बिहीबार ३ हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु