Information is intelligence
HomeNewsजनता अभिभावकबिहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा ज्ञानेन्द्र

जनता अभिभावकबिहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा ज्ञानेन्द्र

- Advertisement -spot_img

काठमाडौं : विहीबार शुभकामना सन्देश जारी गर्दै उनले नवदुर्गा भवानीले  दिव्य शक्ति, राष्ट्रभक्ति र आत्मप्रवृतितर्फ लाग्न सबैमा प्रेरणा प्रदान गरुन भन्ने कामना व्यक्त गरेका छन् ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्रले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताए। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।

‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।

प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।

दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।

पूर्वराजा शाहद्वारा जारी शुभकामना सन्देश –

कमजाेर पूर्व राजा ज्ञानेन्द्र, देशको विषम परिस्थितीमा केवल मुकदर्शक
२०६५ साल जेठ १५ मा पूर्व राजा ज्ञानेन्द्रले देश र जनातको नाममा सम्बोधन गर्दैराजतन्त्र लाई जनताको हातमा समर्पित गरेकाे घाेषणा गरे। दरबार हत्याकाण्ड पश्चातराजा बनेका ज्ञानेन्द्रले २०६२/२०६३ को जन आन्दोलनको नतिजा स्वरुप शासन सत्तात्याग्नुपरेकाे थियाे। देशको दु:खद ईतिहासमा २०६३ सालको शान्ति साम्झौत…

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु