Information is intelligence
HomeSportsमुम्बई इन्डियन्सलाई चेन्नईसँग हारको बदला लिने मौका

मुम्बई इन्डियन्सलाई चेन्नईसँग हारको बदला लिने मौका

- Advertisement -spot_img

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११ औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर शीर्ष दुई टिमसँग अंक बराबरी गर्न चाहन्छ । मुम्बई चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ । चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न समेत जित्नै पर्ने दबाब रहेको छ । चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।

मुम्बईविरुद्धको यस खेल चेन्नईका लागि २ सय टी-ट्वान्टी खेल हुनेछ । चेन्नईले १ सय ९९ खेलमा १ सय १८ जित निकालेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु