Information is intelligence
HomeSportsप्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स युनाईटेड भिड्दै

प्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स युनाईटेड भिड्दै

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) एस्टन भिल्लाले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

एस्टनले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । एस्टन र लिड्सबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । भिल्ला पार्कमा घरेलु टिम अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान उत्रने छ ।

एस्टन यस सिजन अपराजित रहेको छ । एस्टनले ४ खेलमा ४ जित निकाल्दै शतप्रतिशत नतिजा आत्मसात गरेको छ । त्यसैले लिड्सविरुद्ध मैदान उत्रदा एस्टन जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एस्टनले ४ खेलमा १२ अंक जोडेको छ । एस्टन तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लिड्सलाई पराजित गर्न सके एस्टन शीर्ष स्थानमा उक्लने छ । एस्टनसँग अनुभवी खेलाडी रोस बार्क्ली, ज्याक ग्रेअलिस, ओली वाट्किन्स जस्ता खेलाडीको साथ रहेको छ ।

तर, बलियो टिम लिड्सविरुद्ध जित निकाल्न एस्टनलाई सहज भने हुने छैन । लिड्सले समेत यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिड्स एस्टनलाई हराएर सिजनको तेस्रो जित निकाल्ने योजनामा हुनेछ । यस सिजन ५ खेलमा ७ अंक जोडेको लिड्स दशौँ स्थानमा रहेको छ ।

लिड्सलाई प्याट्रिक बामफोर्ड, रोड्रिगो जस्ता खेलाडीको साथ रहनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु