Information is intelligence
HomePoliticsकालापानी, लिम्पियाधुरा, लिपुलेक कता गायब ? नियोजित कि भुल ?

कालापानी, लिम्पियाधुरा, लिपुलेक कता गायब ? नियोजित कि भुल ?

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहानै ट्वीटरमार्फत बडा दशैंको शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो फोटोको छेउ निशान छाप राखेका छन् ।  त्यसको मुनि लेखिएको छ- २०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

ओलीले तस्विरसहित शुभकामना सन्देश सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा ओलीको आलोचना भइरहेको छ। कारण – त्यही निशान छाप।

धेरैले घटनालाई हिजो भएको भारतीय रअ प्रमुखको भेट पछीको परी घटना भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियता उदङ्गो भएको आदी तिप्प्णी गरेका छन्। यस विषयमा सरोकार पक्षबाट स्पष्टिकरण भने अहिले सम्म आएको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु