Information is intelligence
HomeSportsआईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शनिबार) दुई खेल हुँदै छन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली चौथो स्थानमा रहेको कोलकातालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । यस खेलमा दिल्लीले कोलकातालाई पराजित गरे दिल्ली प्लेअफमा पुग्ने सम्भावना लगभग पक्काजस्तै हुनेछ ।

त्यस्तै आजै हुने अर्को खेलमा किंग्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबादबीच हुँदैछ । खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा पन्जाब र हैदराबादका लागि जित्नै पर्ने दबाब छ । प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोली गर या मरको अवस्थामा छन् । समान १० खेल खेलेको हैदराबाद र पन्जाबको समान ८ अंक छ । समान अंक भए पनि हैदराबाद रन रेटका आधारमा पन्जाबभन्दा एक स्थान माथि छ ।

त्यसैले पनि यो खेल दुवै टोलीको जितका लागि निकै नै आवश्‍यक छ । आजको खेल जित्ने टोलीको प्लेअफ सम्भावना जीवित रहनेछ भने पराजित टोलीको सम्भावना करिब सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु