Information is intelligence
HomeNewsपाँच महिने शिशुसहित दुईको मृत्युु

पाँच महिने शिशुसहित दुईको मृत्युु

- Advertisement -spot_img

धरान | बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक  ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु