Information is intelligence
HomePolitics'रअ' प्रमुखसँगको भेटको विषयबस्तु सार्वजनिक गर्न विप्लव पार्टीको माग

‘रअ’ प्रमुखसँगको भेटको विषयबस्तु सार्वजनिक गर्न विप्लव पार्टीको माग

- Advertisement -spot_img

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद, नेपालले बुधबार राति प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको छ ।

केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले शनिबार  विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् ।

बुढामगरको विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मकाे लज्जास्पद विषय हो । यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयबस्तु सार्वजनिक गर्न माग गरेको छ । सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे ‘रअ’का प्रमुख गोयलसँगको भेटबारे मौनता साधेका थिए । प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित थियो।

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ : १५ देखि मध्यराति १२:१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु