Information is intelligence
HomeCulture & Religionभक्तपुरको खःमेय् जात्रा सम्पन्न

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

- Advertisement -spot_img

भक्तपुर | बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् (रा“गो) जात्रा आज  बिहानै सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो ।

धार्मिक, सा“स्कृतिक, र ऐतिहासिकरूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा महिषासुरको वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप आज खःमेय् जात्रा मनाउने गरिएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्राह्मायणी पीठसम्म पुर्याइन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु