Information is intelligence
HomeSportsयूएफसी फाइटर खबिबद्वारा सन्यास

यूएफसी फाइटर खबिबद्वारा सन्यास

- Advertisement -spot_img

एजेन्सी । मिक्स मार्सल आर्ट्सका फाइटर खबिब नुर्मागोमेडोभले सन्यास घोषणा गरेका छन् ।

रुसका यूएफसी फाइटर खबिबले शनिबार राति जस्टिन गाइथजेसँगको खेलपछि सन्यास घोषणा गरेका हुन् । अमेरिकन खेलाडी जस्टिनविरुद्ध जित निकाल्दै खबिबले यूएफसी लाइट लाइटवेट उपाधिमा समेत कब्जा जमाए ।

‘आज म यो घोषणा गर्दछु कि यो मेरो अन्तिम खेल हो । म मेरो बुबा बिना यहाँ आउन सक्दिन,’ उनले भने । खबिबले जस्टिनविरुद्ध आफ्ना बुबा तथा प्रशिक्षक अब्दुलमानप बिना खेलेका थिए ।

एमएमए प्रशिक्षक अब्दुलमानपको यस वर्षको सुरुवातमा निधन भएको थियो । कोरोना भाईरसको संक्रमणको कारण ५७ वर्षको उमेरमा उनको निधन भएको थियो । ३२ वर्षीय खबिब यूएफसी फाइटमा अपराजित समेत रहे । जस्टिनसँगको खेलसँगै खबिब २९ बाउटसम्म अपराजित रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु