Information is intelligence
HomeEntertainment & Artsचर्चित गायिका नेहा कक्कडले गरिन् विवाह

चर्चित गायिका नेहा कक्कडले गरिन् विवाह

- Advertisement -spot_img

बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह गरेकी छिन् । गायिका नेहा २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ ।

नेहाले केही अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ ।

उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु