Information is intelligence
HomeCulture & Religionप्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए।

तस्विर सौजन्य: राजन काफ्ले

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु