Information is intelligence
HomeUncategorizedशिक्षक पेसा त्यागेर केरा खेतीमा

शिक्षक पेसा त्यागेर केरा खेतीमा

- Advertisement -spot_img

दाङ- दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन्। लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुसालले बगरमा केरा खेती गरेका छन्।

राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केराखेती गरेको उनले बताए।

“पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो”, उनले भने, “बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्यावसायिक केराखेती गर्न थालेको छु।”

वार्षिक  तीन लाख ६० हजार भाडा दिने सम्झौता गरी उक्त जग्गाामा ‘जी नाइन, वैलिएम हाइब्रेड र हरि साल’ जात लगायतका १५ हजार केराका बिरुवा रोपेको उनको भनाइ छ।

तीन वर्षदेखि व्यावसायिक केराखेती सुरु गरेका भुसालले पहिलो सिजनमै दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए।

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन्। उनले दोस्रो सिजनमा करिब सात लाख आम्दानी गर्ने योजना बनाएका छन्।

अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उनको  भनाइ छ। हाल उत्पादन भएका केराह लमही बजारमै खपत हुने गरेको उनले बताए।

प्राय: फुटकर व्यवसाय गर्ने मानिसहरु फार्ममै पुगेर केरा लैजाने गरेका छन्। उनी केराखेती अझै फराकिलो बनाउने सोचमा छन्।

“अहिले १२ बिघामा केरा खेती छ, तर यतिले मात्रै पुग्दैन”, उनले भन्नुभयो, “यसलाई बढाएर करिब ३० बिघा बनाउने योजनामा छु।”
केराखेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैंसी र बाख्रा पालन गर्ने योजना बनाएको समेत उनले बताए।

बाख्राका लागि खोरसमेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि २५ लाख लगानी भइसकेको उनको भनाइ छ।

भुसालले अहिले प्रदेश सरकारबाट अनुदानका लागि प्रक्रिया अगाडि बढाएको बताए।  कृषि ज्ञान केन्द्र दाङले भने चार लाख अनुदान दिइसकेको छ।

भुसालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराएका थिए। त्यसपछि दुई वर्ष निजी विद्यालयमा पनि अध्यापन गराएका उनले शिक्षक पेसाभन्दा पनि कृषि पेसामा सम्भावना देखेपछि उक्त पेसा रोजेका हुन्।

उनले केराखेतीको रेखदेखका लागि एक जनालाई रोजगारीसमेत दिएका छन्। अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मेहनत गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार वर्षमा दुई पटक मल दिनुपर्ने र केराको बोटलाई सफाइ गरिरहनु पर्ने हुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु