Information is intelligence
HomeFoodअण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण

अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण

- Advertisement -spot_img

हिजो आज मानिसहरु चलन चल्तिका विषयमा बुझ्न खोज्ने अथवा रित परिवर्तन गर्न चाहने व्यक्तिहरु ति तमाम सन्स्क्रिती माथि आफ्नो आवश्यकता अनुरूप व्याख्या र तर्क गर्ने गरेका छन्। यस्तै केही विषय मध्य अण्डा शाकाहारी हो या मांशाहारी हो भन्ने विषयमा पनि निकै बहस हुने गरेको भेटिन्छ। अझ नेटिजन (ईन्टरनेट सन्जालका जनता) माझ त यो कहिले काहिँ ठुलो मुद्दा हुने गर्द छ। सोही विषयमा आज हामीले केही प्राप्त वैज्ञानिक तर्क सहित यस्को निचोड निकाल्ने प्रयास गरेका छौं ।

हाँस या कुखुराको अण्डा भेज हो या ननभेज (शाकाहारी हो या मांशाहारी)?

किनकी अण्डा कुखुरीले पार्दछ प्राय: मानिस यसलाई मांशाहारी मान्दछन् । तर वैज्ञानिक मान्यता हेर्ने हो भने हामीले यहाँ भेज या ननभेज के हो त्यो तनाव लिइराख्नु नपर्ला । केही मानिस वैज्ञानिकको यस तर्कलाई मान्न तयार नहोलान पनि जस अनुसार अण्डा भेज हो ।

वैज्ञानिक तर्क

अण्डा तीन तहले बनेको हुन्छ । पहिलो खोल, दोश्रो खान मिल्ने सेतो भाग तथा तेश्रो अण्डाको पँहेलो भाग अर्थात् योक । अण्डाबारे भएको एक रिसर्च अनुसार अण्डाको सेतो भागमा केवल प्रोटिन हुन्छ र यसमा जनावरको कुनै तत्व रहेको हुदैन । त्यसका कारण प्राविधिक रुपमा अण्डाको सेतो भाग (Egg White) भेज अर्थात साकाहारी हुन्छ ।

अण्डाको सेतो भाग (Egg White) झै एग योक अर्थात अण्डाको पँहेलो भागमा प्रोटिनका साथै कोलेस्ट्रोल तथा फ्याट पनि राम्रो मात्रामा रहेको हुन्छ । अण्डा कुखुरा तथा कुखुरीको मिलन पछि मात्र कोरल्न लायक हुन्छ । यसरी कोरलन लायक अण्डामा ग्यामीट सेल्स हुन्छ, जसले त्यस्तो अण्डालाई मांशाहारी बनाउदछ । जबकि बजारमा पाइने बिकासे कुखुराका अण्डाहरु कुखुरासँगको मिलन बेगैर उत्पादन भएको हुन्छ र त्यस्ता अण्डालाई मांशाहारी बनाउने तत्व ग्यामीट सेल्स हुन्न ।

यसर्थमा बजारमा पाइने बिकासे कुखुराको अण्डा, जुन सम्पूर्ण रूपमा ल्याब प्रबिधीबाट उत्पादन हुने र त्यसबाट चल्ला कहिले नजन्मने हुँदा त्यसलाई आजको भौतिक विज्ञान अनुसार शाकाहारी मानिन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु