Information is intelligence
HomeEconomyचियामा आत्मनिर्भर बन्दै धनकुटा : निर्यात बढ्दै

चियामा आत्मनिर्भर बन्दै धनकुटा : निर्यात बढ्दै

- Advertisement -spot_img

धनकुटा | आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ ।

स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएकोे राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

नारायणी टी स्टेटबाट२२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेटबाट ४० हजार किलो चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ ।

धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु