Information is intelligence
HomeNewsभारतीय सेना प्रमुख नरभाने नेपाल आउने मिति तय

भारतीय सेना प्रमुख नरभाने नेपाल आउने मिति तय

- Advertisement -spot_img

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ । यो मिति भने भारतीय पक्षले तय गरेको हो ।

उनी आगामी नोभेम्बर ४ तारिखमा नेपाल आउने जनाईएको छ । उनको नेपाल भ्रमण तीन दिनको हुनेछ ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि
अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

यसअघि भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणमा आएका थिए । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु