Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलका लागि महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी

मैत्रीपूर्ण खेलका लागि महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी

- Advertisement -spot_img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बर दोस्रो साताका लागि तय गरिएको बंगलादेशविरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बंगलादेशसँग नेपालले महर्जनको प्रशिक्षणमा खेल्ने जनाएको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमै रहेको र कोरोना संक्रमणका कारण हाल उनी फर्कने अवस्था नरहकोले मैत्रीपूर्ण खेलका लागि महर्जनलाई जिम्मेवारी दिइएको हो । सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा विकास मल्ल नै निरन्तर रहनेछन् ।

नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ। यस्तै नेपालले दोस्रो मैत्रीपूर्णमा मंसिर २ गते बंगलादेशसँग खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।

प्रशिक्षणका लागि खेलाडीहरु बुधबारसम्म काठमाडौं आइसक्ने एन्फाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु