Information is intelligence
HomeCulture & Religionनवलपरासीमा पूजारीको हत्या, मृतकलाई सहिद घोषणा गर्न विश्व हिन्दू परिषद्को माग

नवलपरासीमा पूजारीको हत्या, मृतकलाई सहिद घोषणा गर्न विश्व हिन्दू परिषद्को माग

- Advertisement -spot_img

काठमाडौं, ११ कात्तिक । पश्चिमनवलपरासीमा एक पूजारीको विभत्स ह’त्या भएको घटना सार्वजनिक भएको छ । बडा दशैँकोबीच ती पूजारीको दिउँसोको समयमा हत्या भएको स्सथानीको भनाइ छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा रहेको हनुमान मन्दीरमा पूजाआजा गर्ने गर्दै आएका महँगु केवटको मन्दीरमै घाँटी रेटेर ह’त्या भएको हो।

स्थानीयका अनुसार ती पूजारी कात्तिक ९ गते दिउँसो साइकल चडेर मन्दीरतर्फ गएका थिए । त्यसपछि नै उनको ह’त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार दिउँसो साइकलमा जाँदा साइकलको पछाडि एक भारतीय नागरिक पनि बसेका थिए ।

ती भारतीय व्यक्ति अपरिचित भएकाले घटनाबारे थप अनूशन्धानमा समस्या परेको प्रहरीको भनाइ छ । तथापी घटनाको अनूशन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ । मृतक पूजारीको घाँटी र टाउकोमा गहिरा चोट भेटिएका छन् । उनलाई घाँटी रेटेर ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैघटनाको सम्बन्धमा विश्व हिन्दू परिषद् नेपालले हत्या पूजारीको हत्यामा संलग्नलाई चाँडो भन्दा चाँडो पहिचान गरि कडा कानूनी कारवाही गर्न माग गरेको छ । परिषदले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

त्यस्तैगरी विश्व हिन्दू परिषद शाखा नवलपरासीले अपराधिको चाँडो भन्दा चाडो पहिचान गरि कारवही माग गर्नुपर्ने मामग राखेको छ । उसले अपराधिलाई कडा कानूनी कारवाहीको माग गर्दै र्मतकलाई सहिद घोषणा गर्नेु पर्ने समेत माग गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु