Information is intelligence
HomeEconomyतोकियो शिवश्री हाइड्रोपावरको ओपन रेन्ज

तोकियो शिवश्री हाइड्रोपावरको ओपन रेन्ज

- Advertisement -spot_img

काठमाडौं : शिवश्री (SSHL) हाइड्रोपावरको ओपनिंग रेन्ज तोकि सेयर कारोबार बुधबारदेखि खुला भएको छ । प्रत्याभूतकर्ता र कम्पनीबीचको करिब १ वर्षको विवादपछि अन्ततः नेप्सेमा सूचीकृत भएको शेयरको ओपनिंग रेन्ज तोकिएको हाे।

नेप्सेले पहिलो कारोबारका लागि शिवश्रीलाई १०० देखि ३०० रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । आइपीओ कात्तिक ७ गते सूचीकृत भएको हो ।

हाइड्रोपावरले गत वर्ष असोज १६ गतेबाट कात्तिक १५ गतेसम्म सर्वसाधारणको लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओ सहित कुल १ करोड ४७ लाख ६४ कित्ता सेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

निष्काशन गरिएको कुल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री नभएपछि प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल र कम्पनी बीच विवाद भएको थियो ।

नेप्सेले कम्पनी शेयर कारोबारको लागि एसएसएचएल (SSHL) संकेत दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु