Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना भिड्दै

च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना भिड्दै

- Advertisement -spot_img

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) दुई ठुला क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘जी’ मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ । युभेन्ट्स र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन ।

समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो ।

तर, बार्सिलोनाविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना कम रहेको छ । कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन् ।

रोनाल्डोबारे युभेन्ट्सले केहि बताएको छैन । रोनाल्डोले नेसन्स लिग अन्तर्गत अक्टोबर ११ मा फ्रान्ससँगको खेल पछि खेलेका छैनन् ।

यता, बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ । बार्सिलोनाले पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको थियो ।

बार्सिलोना टुरिनमै युभेन्ट्सलाई हराउने योजनामा हुनेछ । युभेन्ट्सविरुद्ध बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो खेल्ने छैनन् । चोटका कारण उनी टिम बाहिर रहेका छन् ।

यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा किभ र एफटिसी खेल्ने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु