Information is intelligence
HomeSportsमुम्बई र बैंगलोर भिड्दै

मुम्बई र बैंगलोर भिड्दै

- Advertisement -spot_img

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।

मुम्बई बैंगलोरलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ । मुम्बई जित निकाल्दै प्ले अफ सुरक्षित गर्न चाहन्छ ।

बैंगलोरसँग मुम्बई अघिल्लो भेटमा व्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

तर, बैंगलोरविरुद्ध मुम्बईका कप्तान रोहित शर्माले खेल्ने सम्भावना न्यून रहेको छ । चोटका कारण उनले पछिल्लो दुई खेल गुमाईसकेका छन् ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ ।

बैंगलोर मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु