Information is intelligence
HomeSportsआजबाट सबै टेलिभिजनमा आईपीएल लाइभ आउने

आजबाट सबै टेलिभिजनमा आईपीएल लाइभ आउने

- Advertisement -spot_img

काठमाडौं । आजदेखि सबै टेलिभिजन वितरकहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को लाइभ उपलब्ध गराउने भएका छन् । क्लिन फिड (विज्ञापन रहीत) नीति लागु भएसँगै गत शनिबारदेखि अवरुद्ध आईपीएलको लाइभ बुधबारदेखि पुनः सुचारु हुने भएको हो ।

स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । उनले भने, ‘अस्थायी समाधानको रुपमा स्टार नेटवर्कका स्टार प्लस, स्टार गोल्ड र स्टार स्पोर्ट्स वान गरी तीन वटा च्यानल आजबाट सुनः सुचारु हुँदैछन् ।’

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसमा नियमितको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुने आचार्यको भनाई छ ।

‘यसमा च्यानल केही ढिलो आउने मात्र होइन, ब्याण्डविथ नपुगेको समयमा केही ल्याग हुने समस्या पनि आउन सक्छ,’ उनले भने । यस अघि स्टार नेटवर्ककै ३४ वटा च्यानल नेपालमा प्रसारण हुँदै आएका थिए ।

सबैभन्दा धेरै च्यानल भएको स्टार नेटवर्कले नेपालका लागि अन्य च्यानल समेत क्लिन फिडको रुपमा उपलब्ध गराउने तयारी थालेको छ । साथै जीटीभी र सोनीले समेत नेपालमा क्लिन फिड सहितको प्रसारण गर्ने प्रयास गरिरहेका छन् ।

मूख्य प्रदायकका विदेशी टेलिभिजन च्यानलहरु पुनः सुचारु हुने तयारीमा छन् । त्यसमा बीबीसीले क्लिन फिडका लागि समय माग गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु