Information is intelligence
HomeEconomyदशैं विदापछिको सेयर बजारमा देखियो उमंग

दशैं विदापछिको सेयर बजारमा देखियो उमंग

- Advertisement -spot_img

दशैंपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सुधार आएको छ । बुधबारको कारोबारमा बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा सुधार आएको हो ।

दशैंअघि बुलिस ट्रेन्डमा रहेको नेप्से १६ सय विन्दुमाथि पुगेर बन्द भएको थियो । त्यसलाई दशैंपछिको कारोबारले पनि साथ पाएको छ ।

बुधबार नेप्से परिसूचक दोहोरो अंक बढेर १६४७.४६ विन्दुमा पुगेको छ । नेप्से सुचक २.५७ प्रतिशत अर्थात ४१.२० अंकले बढेको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १८८ कम्पनीको ४२ हजार ६१८ पटकको कारोबारमा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु